
काठमाडौं : गायिका एलिना चौहानले सम्बन्धबिच्छेदको मुद्दा दायर गरेकी छिन् । उनले शुक्रबार वारेसमार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी हुन् ।
गत ५ वैशाखमा एलिनाले र अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग बिहे गरेकी थिइन् । सापकोटा र चौहानबीच लामो समय प्रेम सम्बन्धपछि बिहे भएको थियो । तर, बिहेपछि अस्ट्रेलिया गएकी चौहान काठमाडौं फर्किएपछि उनीहरूबीच राम्रो सम्बन्ध नरहेको चर्चा थियो । उनले पतिको अंश वा माना चामल कुनै नलिने र आफूसँग भएका गरगहना नदिने पनि फिराद पत्रमा उल्लेख गरेकी छन् ।
