जलेश्वर कारागारका एक कैदीको मृत्यु

२०८१ माघ २०, आईतवार

जनकपुरधाम : महोत्तरीको जलेश्वर कारागारका एकजना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका-१ कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महरा रहेका छन्।

अचानक बेस्सरी पेटदुखेपछि उनलाई मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको थियो । उपचारको क्रममा शनिबार राति २:३० बजेतिर उनको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ।

महरा २०३८ सालमा गाउँकै खेतमा भएको आगजनी घटनामा दोषी ठहर भएपछि जिल्ला अदालत धनुषाले कैद सजाय सुनाएको थियो । त्यसबेलादेखि फरारका लिस्टमा रहेका उनलाई दुई वर्षअघि प्रहरीले पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार