पाथीभरा केबलकार विवाद : वार्ता सकारात्मक, आज पुनः बैठक बस्ने

२०८१ माघ २२, मंगलवार

काठमाडौँ : ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका विषयमा भएको आजको वार्ता सकारात्मक रूपमा टुङ्गिएको छ ।

सरकाद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच सोमबार साँझ ललितपुरमा भएको वार्ता सरकारात्मक भए पनि निष्कर्षमा भने पुग्न सकेन । मङ्गलबार बिहान ११ बजे पुनःवार्ता बस्ने गरी केहीबेर अघि वार्ता स्थगित गरिएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले जानकारी दिए । “सोमबारको वार्ता सकारात्मक भयो तर कुनै निष्कर्ष निस्किएको छैन, मङ्गलबार ११ बजे पुनः बस्ने सहमति भएको छ”, उनले भने ।

वार्ताका क्रममा आन्दोलनरत पक्षबाट केबलकार निर्माण स्थगित र पक्राउ परेकालाई रिहा गर्नुपर्नेलगायत माग प्रस्तुत भएका जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार