२ वटा मोटरसाइकल ठोक्किँदा ४ जना घाइते

२०८१ माघ २२, मंगलवार

जनकपुरधाम : धनुषामा मंगलबार दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा चार जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका-१ मा पूर्वतर्फ जाँदै गरेको ज१३प १०२९ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको ज८प ७३०७ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा ४ जना घाइते भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

सिंहका अनुसार घाइते हुनेमा ज १३ प १०२९ नम्बरको मोटरसाइकलका चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका-४ का २६ वर्षीय महादेव यादव र पछाडि सवार २२ वर्षीय सुदीपकुमार यादव रहेका छन् ।

यसैगरी ज ८ प ७३०७ नम्बरको मोटरसाइकलका चालक सिराहाको कल्याणपुर नगरपालिका-६ का २३ वर्षीय अफ्ताब राइन र पछाडि सवार गणेशमान चारनाथ नगरपालिका-२ का २५ वर्षीय नसालुन राइन घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार