काठमाडौं : दोस्रो पटक संसद भवन प्रवेश गर्न खोज्दा दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ परेका छन् ।
अन्तरजातीय विवाह गरेका सर्लाहीका सतेन्द्र राम र नेहा रौनियारको जोडीको न्याय माग्दै सोमबार दिउँसो संघीय संसद भवन नयाँ बानेश्वर प्रवेश गर्न खोज्दा पक्राउ परेका हुन् ।
उनलाई संसद भवन प्रवेश गर्न खोज्दा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले हाम्रोदेशलाई जानकारी दिए ।





