
रुकुम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
संघीयताको जग नै जनयुद्ध भएको तर्क गर्दै बाँफिकोटले सर्वोच्च अदालतको आदेशविपरित सार्वजनिक बिदा दिएको हो । लोकतन्त्रको स्थापनाका लागि जनयुद्धले पु¥याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिएको पालिकाको भनाइ छ ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माओवादीले सुरु गरेको जनयुद्धको स्मरणमा फागुन १ गते प्रत्येक वर्ष बाँफिकोट गाउँपालिकाले सार्वजनिक बिदा दिँदै आएको छ ।