स्कार्पियो र ट्रक ठोक्किएर दुर्घटना, ५ जना गम्भीर घाइते

२०८१ माघ २९, मंगलवार

राैतहट : पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका स्थित आज बिहान स्कार्पियो र मालवाहक ट्रक ठोकिँदा स्कार्पियोका चालक सहित ५ जना गम्भीर घाइते भएका छन्।

आज बिहान चन्द्रपुर ५ चाँदी पुल स्थित चपुरबाट सर्लाही तर्फ जाँदै गरेको ना ४ च ३६९४ नम्बरको स्कारपिओ र विपरीतबाट आउँदै गरेको बा प्र ०१–००६ ख ५७ २९ नम्बर को ट्रक एक आपसमा ठक्कर लागेको थियो। ठक्करबाट स्कार्पियोमा सवार स्थानीय मौलापुर नगरपालिका ३ का वर्ष २० को सुदीप कुमार यादवको टाउको मुख र निधारमा चोट लागेको छ।

दुर्गा भगवती गाउँपालिका ५ का वर्ष १८ को प्रशान्त ठाकुरको बायाँ हात, दाहिने आँखी, भौँमा चोट लागेको छ। चालक बौधीमाई नगरपालिका ३ मटिअर्वाका वर्ष २१ को रामविनय महतोको दाहिने हात र निधारमा चोट  लागेको र अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका इन्स्पेक्टर विशाल तामाङले बताए।

त्यसैगरी बौधीमाई २ का वर्ष १८ को प्रदीप कुश्वाहा निधार टाउको, कानमा चोट  अवस्था मध्यम रहेको छ। बारा सिम्रौणगढ नगरपालिका ७ का वर्ष २८ को संतोष कुश्वाहाको टाउको, चिउडोमा चोट अवस्था सिरियस रहेको इन्स्पेक्टर  तामाङले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार