आईएमई लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

२०८१ माघ ३०, बुधबार

काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ ।

कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको २१.०५२६४ प्रतिशत नगद (करसमेत) लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार