बाजुरामा १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

२०८१ फाल्गुन १, बिहीबार

धनगढी : बाजुरामा एक बालिकामाथि सामूहिक करणी भएको छ। बुढीगंगा नगरपालिका घर भएकी १६ वर्षीया बालिकामाथि तीन जनाले सामूहिक करणी गरेको आरोपमा उजुरी परेको हो।

माघ २१ गते साँझ घरनजिकै सडकमा हिँड्दै गरेकी तीन जनाले सामूहिक करणी गरेको उजुरी परेको प्रहरीले जनाएको छ। पीडित पक्षले घटना भएको चार दिनपछि माघ २५ गते तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दिएका हुन्।

करणी आरोपमा बुढीगंगा नगरपालिका ६ बस्ने २५ वर्षका मार्सल थापा, २३ वर्षका किरण थापा र ४० वर्षका दीर्घ थापाविरुद्ध जाहेरी परेको छ। तीनै जना फरार रहेको र खोजिकार्य भइरहेको प्रहरीले जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार