गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु

२०८१ फाल्गुन २, शुक्रबार

काठमाडौं : भक्तपुरको चाँगुनारायण नगरपालिका–३ मा गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो १ बजेको समयमा कोल्पाकोट आरालोस्थित व्यासीबाट झौखेलतर्फ जाँदै गरेको प्रदेश ३–०१–००३ क ४६३७ नम्बरको निशान गाडीको ठक्करबाट ७३ वर्षीया वृद्धाको मृत्यु भएको हो । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–५ पिखेल बस्ने ७२ वर्षीया केकई मग्रराती मगर रहेको जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले जानकारी दिए ।

दुर्घटनामा परेर घाइते भएकी उनलाई उपचारका लागि काठमाडौं मेडिकल अस्पताल दुवाकोट लगिएको थियो । उपचारका क्रममा दिउँसो २ बजेर २५ मिनेटको समयमा चिकित्सकले उनको मृत्यु घोषणा गरेको हो । उक्त गाडीका चालक भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ५४ वर्षीय इन्द्र नारायण सितखुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार