हमासले शनिबार रिहा गर्ने तीन जनाको नाम सार्वजनिक, फेरि परेनन् विपिन जोशी

२०८१ फाल्गुन २, शुक्रबार

काठमाडौं : इजरायलले गाजामा करिब एक महिना पुरानो युद्धविराम सम्झौता रद्द गर्ने चेतावनीपछि हमासले शुक्रबार तीन जना बन्धकको नाम सार्वजनिक गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले शनिबार रिहा हुने बन्धकहरूमा इजरायली–रूसी साशा ट्रुपानोभ, इजरायली–अमेरिकी सागुई डेकेल–चेन र इजरायली–अर्जेन्टिनाका यायर हर्न रहेको जनाएको छ । प्यालेस्टिनी लडाकू समूह हमासले यस हप्ताको अन्त्यमा तीन जीवित बन्धकहरूलाई रिहा गर्ने वा गाजामा पुनः युद्ध सुरु गर्नेमध्ये एक विकल्प रोज्नुपर्ने इजरायली चेतावनीपछि हमासले थप तीन बन्धकको रिहाइका लागि सहमति जनाएको हो। असअघि, हमासले युद्धविरामको स्पष्ट उल्लङ्घन भएको भन्दै रिहाई रोक्ने बताएको थियो ।

इजरायलसँग जनवरी १९ देखि युद्धविराम भएयता हमासले शनिबार छैटौं पटक बन्धक रिहा गर्न लागेको हो । तर यो पटक पनि नेपाली विद्यार्थी विपिन जोशीको नाम परेन । यसअघि हमासले पाँच खेप गरेर २१ बन्धक मुक्त गरेको छ भने बदलामा इजरायलले ५६६ प्यालेस्टिनी कैदी रिहा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार