इङ्लिस प्रिमियर लिग : ब्राइटनसंग चेल्सी ३-० ले पराजित

२०८१ फाल्गुन ३, शनिबार

काठमाडौं : इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा चेल्सी पराजित भएको छ।

शुक्रबार राति ब्राइटनको घरेलु मैदानमा भएको खेलमा ब्राइटनले चेल्सीलाई ३–० को फराकिलो अन्तरले पराजित गरेको हो। ब्राइटनको जितमा यान्कुवा मिन्टेहले दुई तथा काओरु मिटोमाले एक गोल गरे। ब्राइटनले नोभेम्बर ९ पछि घरेलु मैदानमा पहिलो जित दर्ता गरेको हो।

पहिलो हाफको २७ औँ मिनेटमा जापानिज फरवार्ड मिटोमाको गोलमा ब्राइटनले सुरुवाती अग्रता बनाएको थियो। खेलको ३८ औँ मिनेटमा मिन्टेहको गोलमा ब्राइटनले अग्रता दोब्बर पारेको थियो। उनले नै खेलको ६३ औँ मिनेटमा व्यक्तीगत दोस्रो गोल गर्दा टोलीको अग्रता ३–० ले फराकिलो पारे।

हारसँगै शीर्ष पाँचमा नै रहेको चेल्सीको यात्रा केही कठिन हुँदै गएको छ। २५ खेलबाट ४३ अंक भएको चेल्सी अंकतालिकाको चौथो स्थानमा छ। एक खेल कम खेलेको म्यानचेष्टर सिटी ४१ अंकमा तालिकाको पाचौँ स्थानमा छ। समान खेल र अंकबाट न्युक्यासल युनाइटेड छैटौँ स्थानमा छ।

लिगको २५ खेलबाट ३७ अंक बनाएको ब्राइटन आठौँ स्थानमा छ। प्रिमियर लिगमा शनिबार राति सात खेल हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार