केपी ओलीको अध्यादेश थन्क्याउने काम हाम्रो : माधव नेपाल

२०८१ फाल्गुन ३, शनिबार

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारको अध्यादेश पारित हुन नदिन आफ्नै पार्टीले मुख्य भूमिका खेलेको दाबी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश थन्क्याउने काम आफ्नो पार्टीले गरेको उल्लेख गरे। उनले नेकपा (माओवादी केन्द्र) सँग छलफल गर्दै अन्य दलहरूलाई समेत एकजुट गराएर अध्यादेश पारित हुन नदिन पहल गरेको बताए।

‘हाम्रो पहलमा नै यो अध्यादेश रोकिएको हो,’ अध्यक्ष नेपालले भने, ‘हामीले माओवादी केन्द्रसँग मिलेर अन्य दलहरूसँग छलफल गर्‍यौं, संयुक्त वक्तव्य निकाल्यौं र अध्यादेश रोक्न विशेष संसद अधिवेशन बोलाउने चेतावनीसमेत दियौं।’ उनले अझै पनि संसद विघटनको प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई रोक्न दलहरूबीच सहकार्य आवश्यक रहेको बताए।

त्यस्तै, अध्यक्ष नेपालले एमाले अब ‘केपी बाको पार्टी’ मात्र बनेको आरोप लगाए। उनले एमालेले कम्युनिस्ट पार्टीको मूल चरित्र गुमाइसकेको र संगठनात्मक रूपमा पनि प्रभावहीन बनेको टिप्पणी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार