कुम्भ मेलामा आगलागी

२०८१ फाल्गुन ३, शनिबार

काठमाडौं : भारतीय राज्य उत्तर प्रदेशको प्रयागराजमा जारी कुम्भ मेलाको सेक्टर १८ र १९ बीच एक ठाउँमा शनिबार आगलागी भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ। प्रयागराजका एडीजी भानु भास्करले भने, ’सेक्टर १८-१९ को बीचमा एउटा धाम थियो र यहाँ मानिसहरूलाई सेवा दिइन्थ्यो। यसलाई अयोध्या लव कुश धाम भनिन्छ।’ आगलागीको जानकारी पाउनेबित्तिकै पाँच मिनेटमै दमकल, आपत्‌कालीन सेवा र डीआईजी मेला घटनास्थलमा पुगेको उनले बताए।

भानु भास्करले भने, ‘घटनास्थलमा पुग्नेबित्तिकै उनीहरूले आगो निभाए।’ उनले घटनामा कसैको पनि मृत्यु नभएको र आगलागीको कारण अनुसन्धान भइरहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार