सुर्खेत : बाजुराबाट विद्यार्थी बोकेर पोखरा भ्रमणमा जान लागेको बस कर्णाली राजमार्गअन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका–४ आमखोलीका दुर्घटना भएको छ ।
आइतबार बेलुका ५ः३० बजेतिर सु.प्र ०१००१ ख ३०५४ नम्बरको बस ब्रेक फेल भएर सडकबाट कम्तीमा १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले जानकारी दिए । दुर्घटनामा ६ जना विद्यार्थीहरू घाइते भएको पनि उनले बताए ।
घाइतेको उद्धार गरेर स्थानीय स्वास्थ्य संस्थामा पठाइएको विश्वकर्माले बताए ।





