खोटाङ : खोटाङको हलेसी बजारमा आगलागी भएको छ।
स्थानीय पदम राईको ग्यास पसलमा आगलागी भएको हो। खाना पकाउने ग्याससहितका सिलिण्डर विस्फोट भइरहेका छन्। उक्त पसलमा थुप्रै ग्यास भरिएका सिलिन्डर थिए। अहिले सिलिन्डरहरू पड्किन थालेको स्थानीले बताएका छन्।
पानी नहुँदा आगो निभाउन नसकिएको र आगो बजारका अरु घरमा पनि फैलिने सम्भावना देखिएको स्थानीयले बताएका छन्।





