एक सदनका सांसदविरुद्ध अर्कोले खेद प्रस्ताव पारित गर्दा द्वन्द्व बढ्छ : सांसद पन्त

२०८१ फाल्गुन ५, सोमबार

काठमाडौँ : नेकपा एमालेका सांसद रघुजी पन्तले एक सदनका सांसदले बोलेको कुरालाई अर्को सदनले खेद प्रस्ताव पारित गर्ने अवस्था आउनु दुःखद भएको बताएका छन्। सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

सांसद पन्तले संसद् दुई सदनको बीचमा द्वन्द्व उत्पन्न भएको खण्डमा संसदीय व्यवस्थालाई असर गर्ने पनि उनको तर्क छ। उनले यस्तो द्वन्द्व बढ्दै गयो भने यसले दुई सदनको बीचमा विवाद उत्पन्न गराउने र त्यसले संसदीय व्यवस्था र लोकतन्त्रलाई कमजोर बनाउने उल्लेख गरेका छन्।

उनले भने, ‘हाम्रो संविधानले दुई सदनात्मक संसदीय व्यवस्था गरेको छ। यि दुई सदनको बीचमा द्वन्द्व उत्पन्न भयो भने त्यसले संसदीय व्यवस्थालाई असर गर्दछ। हामी कसैले पनि बोलेको कुरा एक सदनका सांसदले बोलेको कुरालाई अर्को सदनले खेद प्रस्ताव पारित गर्ने अवस्था आउनु आफैँमा दुःखद हो। यस्तो द्वन्द्व बढ्दै गयो भने यसले दुई सदनको बीचमा विवाद उत्पन्न गर्दछ र त्यसले संसदीय व्यवस्था र लोकतन्त्रलाई कमजोर बनाउँछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार