तोप हाने पनि सरकार ढल्दैन : प्रधानमन्त्री ओली

२०८१ फाल्गुन ५, सोमबार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले तोप नै हाने पनि सरकार नढल्ने दाबी गरेका छन्। लुम्बिनी प्रदेशसभामा सोमबार विशेष सम्बोधन गर्दै उनले १७ महिनालाई तोप नै हाने पनि सरकार नढल्ने दाबी गरेका हुन्।

उनले भने, ‘अब १७ महिना मैले प्रधानमन्त्री चलाउँछु, त्यसपछि नेपाली कांग्रेसको सभापति शेर बहादुर देउवा ज्युलाई हस्तान्तरण गर्दछु । यो त डिक्लिएर छ। म आफै छोड्छु नि मैले। केपी ओलीलाई हराउन कुनै बल लगाउनु पर्दैन आफै छोड्छु। छिटो पकाउन औषधि हाल्ने केरा जस्तो होइन् म। १७ महिनालाई तोप हाने पनि सरकार ढल्दैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार