काठमाडौं : सोमबारदेखि सुरू अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालले सुखद सुरुवात गरेको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई १–० गोलले पराजित गर्यो । ११औं मिनेटमा विमला चौधरीले गरेको एक मात्र गोल खेलको निर्णायक गोल सावित भयो ।





