अवतरणका क्रममा ८० जना सवार विमान दुर्घटना

२०८१ फाल्गुन ६, मंगलवार

काठमाडौं : क्यानडाको टोरेन्टोमा अवतरणका क्रममा विमान दुर्घटना भएको छ । दुर्घटनामा तीनजना गम्भीर घाइते भएको बीबीसीले जनाएको छ ।

विमानमा ८० जना सवार थिए । सबैलाई विमानबाट निकालेर सुरक्षितस्थानमा राखिएको अमेरिकी संघीय उड्डयन प्रशासनले जनाएको छ। दुर्घटनापछि २६ उडान डाइभर्ट गरिएका छन् ।क्यानाडाको टोरन्टोमा अवतरणका क्रममा विमान पल्टिदा कम्तिमा ३ जना घाइते भएका छन् ।

घाइते तीनै जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।बीबीसी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार