अस्पतालले जनताको विश्वास बढ्नेगरी काम गर्नुपर्छ : मुख्यमन्त्री कँडेल

२०८१ फाल्गुन ७, बुधबार

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश अस्पतालले जनताको विश्वास बढ्ने गरी काम गर्नुपर्ने बताएका छन् ।

आज प्रदेश अस्पताल सुर्खेतको १९औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उनले राम्रो सेवा पाउँदा मात्र सरकारको काम जनताले बुझ्ने भएकाले जिम्मेवारीपूर्वक काममा लाग्न निर्देशन दिए । कर्णाली प्रदेश सरकारले समग्र कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्र सुधार गर्ने योजनामा सरकारले काम गरिरहेको मुख्यमन्त्री कँडेलले उल्लेख गरे ।

कर्णाली प्रदेशका सबै क्षेत्रका विकास निर्माणका काम अघि बढिरहेको हुनाले केही समयमा कर्णाली समुन्नत हुने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार