काठमाडौं : सरकारले विक्रम संवत् २०८२ सालमा दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २०८२ वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म एक वर्षभरि दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको हो । सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार जानकारी दिए ।





