लामिचौरको वनमा पोथी गैँडा मृत फेला

२०८१ फाल्गुन ११, आईतवार

नवलपुर : चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत नवलपुरको मध्यवर्ती क्षेत्रमा एउटा पोथी गैँडा मृत फेला परेको छ ।

लामिचौर अमलटारी सेक्टरको मध्यवर्ती वनमा अन्दाजी सात वर्षको पोथी गैँडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।

मरेको गैँडामा पुरानो घाउ देखिएकाले अर्को गैँडासँग जुधेर मरेको हुन सक्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार