कारको ठक्करबाट पैदल यात्रीको मृत्यु

२०८१ फाल्गुन १२, सोमबार

काठमाडौं : तनहुँमा​ कारको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।​

शुक्लागण्डकी नगरपालिका- ५ गल्छिनास्थित सडकमा ग ३ च १६५४ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७३ वर्षीया सेती मियाको मृत्यु भएको प्रहरीले जनाएको छ । कारले आइतबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको जीएमसी अस्पताल पोखरामा थप उपचारका क्रममा गएराति मृत्यु भएको हो । प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार