बादलले नैतिक धरातलबाट गिरेर जनयुद्ध हिंसा हो भने : देवेन्द्र पौडेल

२०८१ फाल्गुन १४, बुधबार

काठमाडौं : नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जनयुद्धलाई हिंसा भन्ने रामबहादुर थापा ‘बादल’ को अभिव्यक्ति स्वाभाविक नभएको बताए ।

सहिद दिलबहादुर रम्तेल स्मृति प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले जनयुद्धकै सहयात्रीले न्यूनतम नैतिक धरातलबाट तल गिरेर जनयुद्धबारे दृष्टिकोण बनाउनु स्वाभाविक नभएको बताएका हुन् । उनले जनयुद्ध हिंसा नभएको भन्दै परिवर्तनका लागि जनताले लडेको आन्दोलन भएको जिकिर गरे ।

‘एमाले-कांग्रेसले पूर्वाग्रही ढंगबाट जनयुद्धको अपमान गर्ने काम गरे । हजारौं सहिदको बलिदानबाट आएको परिवर्तनको मूलआधार जनयुद्धको विद्रुपीकरण हुनु दुर्भाग्य हो’, उनको भनाइ थियो । कार्यक्रममा सहिद दिलबहादुर रम्तेल स्मृति राष्ट्रिय पुरस्कार रम्तेलकी आमालाई हस्तान्तरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार