पाथीभरा केबलकार निर्माणमा बाधा पुर्‍याउने कुराले लगानीकर्ताहरूको मनोबल घटायो : अध्यक्ष ढकाल

२०८१ फाल्गुन २२, बिहीबार

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार निर्माणमा बाधा पुर्‍याउने कुराले लगानीकर्ताहरूको मनोबल घटाएको बताएका छन्।

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरिरहेका बेलामा आन्तरिक लगानीकर्ताहरूलाई लगानी गर्न र विकास निर्माणका काम गर्नबाट रोक्नु भनेको लगानीकर्ताहरूको मनोबल घटाउनु भएको उनले बताए। उनले पाथीभरा मन्दिरमा सहज दर्शनका लागि र पर्यटन प्रवर्द्धनका लागि बनाउन लागिएको पाथीभरा केबलकार निर्माणमा अवरोध सिर्जना गरेर विकास निर्माणका काममा बाधा पुर्याउनु गलत भएको बताए।

ढकालले यस्ता गतिविधिले स्वदेशमै रोजगारी सिर्जना हुने कुरामा पनि समस्या हुने जिकिर गरे। उनले बालबालिका, वृद्धवृद्धालाई सहज पहुँचका साथ दर्शन गर्नका लागि बनाउन लागिएको केबलकारले जिल्लावासीलाई घरमै बसेर रोजगारी गर्नसक्ने अवस्था सिर्जना हुने बताए। यस परियोजना कोशी प्रदेशकै लागि मेगा प्रोजेक्ट बन्ने दाबी गरे।

उनले केही राजनीतिक दल र व्यक्तिहरूले गर्दा केबलकार निर्माणमा बाधा पुर्याइरहेको भनाइ राखे। यस्ता गतिविधिले विदेशी र स्वदेशी लगानीकर्तालाई लगानी गर्न निरुत्साहित गरिरहेको उनले उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार