मध्यराति घरमा आगलागी हुँदा बालकको मृत्यु, आमा घाइते

२०८१ फाल्गुन २६, सोमबार

जाजरकोट : जाजरकोटमा मध्यराति घरमा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ ।

जिल्लाको कुशे गाउँपालिका–८ साँक्टका जनकबहादुर रोकायाको घरमा आइतबार राति आगो लाग्दा उनका १२ वर्षीय छोरा अमरबहादुर रोकायाको मृत्यु भएको हो । खाना पकाउने क्रममा चुलोबाट भारमा आगो सल्किएर अमरको मृत्यु भएको हो । आगलागीमा परी जनक र उनकी आमा बिजुली समेत घाइते भएका छन् । सात जनाको परिवार रहेको उक्त घरमा अरु सबैले भागेर ज्यान जोगाएका थिए। यस्ते तल्लो तलामा रहेका पशु चौपाय स्थानीयले उद्धार गरी बाहिर निकालेका थिए ।

आगलागीबाट घरभित्रका लत्ताकपडा, अन्न र केही नगद पनि जलेको गाउँपालिका अध्यक्ष हरिशचन्द्र बस्नेतले बताए । पैक प्रहरी चौकीको टोलीले घटनास्थल पुगेर विवरण संकलन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0

ताजा समाचार