नुन लिन नागरिकता अनिवार्य

२०८१ फाल्गुन २७, मंगलवार

काठमाडौं : साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ढुवानी अनुदानको नुन खरिद गर्न सर्वसाधारणले अनिवार्य नागरिकता पेश गर्नुपर्ने भएको छ। लिमिटेडको हुम्ला शाखाबाट हरेक हप्ता मंगलबार बिक्री हुने नुनका लागि उपभोक्ताले नागरिकताको प्रतिलिपि पेश गर्नुपर्ने निर्णय गरेपछि नुन किन्न नागरिकता पेश गर्नुपर्ने भएको हो।

नागरिकताको फोटोकपी गर्दा १० रुपैयाँ लाग्छ। लिमिटेडका हुम्ला शाखाका प्रमुख राजबहादुर लामाले नुन लिने व्यक्ति नदोहोरिऊन् भनेर नागरिकताको प्रतिलिपि लिने गरेको बताए।

वडाले सिफारिस गर्दा पनि हुने तर वडाध्यक्ष आवश्यक परेको बेला नभएको अवस्थामा पनि नुन वितरण गर्न नागरिकताको फोटोकपी पेश गर्ने गरिएको उनले बताए। यसरी नागरिकताको प्रतिलिपि पेश गरेपछि एकजनालाई १० केजी नुन बिक्री गर्ने गरिएको छ।

हाल लिमिटेडको गोदाममा एक हजार ३९५ क्विन्टल नुन मौज्दात छ। यो आर्थिक वर्षको एक हजार १०० क्विन्टल नुनमा हालसम्म हवाईमार्गबाट ५८२ क्विन्टल ढुवानी भइसकेको र बाँकी पनि ढुवानीको चरणमा रहेका कारण समस्या नहुने लिमिटेडले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार