निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा. रेग्मी नियुक्त

२०८१ फाल्गुन २८, बुधबार

काठमाडौँ : निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा. मोहनचन्द्र रेग्मीलाई नियुक्त गरिएको छ ।

छनोट समितिले लोक सेवा आयोगको विधि र पद्धति अनुसार उत्कृष्ट ठहर गरिएका तीन जनाको नाम सिफारिस गरेको थियो। अस्पतालको कार्यकारी निर्देशकका लागि डा. प्रमोद यादव, डा. रुद्र मरासिनी र डा. मोहनचन्द्र रेग्मी प्रतिस्पर्धामा रहेका थिए।

निजामती अस्पतालमै कार्यरत डा. रेग्मी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् । सिभिल अस्पतालको निर्देशक बन्नका लागि १० जनाले आवेदन दिएका थिए । अस्पतालका यसअघिका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेलको कार्यकाल यही फागुन २५ गते सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार