प्रचण्डको अभिव्यक्ति हेर्दा देशलाई पुन: हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ : धवलशमशेर राणा

२०८१ चैत्र २, शनिबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिले देशलाई पुन: हिंसातिर धकेल्न खोजिएको स्पष्ट हुने बताएको छ।

राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले दाहालको अभिव्यक्तिले देशलाई पुन: हिंसामा धकेल्ने प्रयास भइरहेको स्पष्ट हुने बताएका हुन्।

‘माओवादी अध्यक्ष प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशलाई पुन: अराजकता र हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ,’ महामन्त्री राणाले शनिबार (आज) बिहान सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘यो परिस्थितिमा सम्पूर्ण देशभक्त तथा राजभक्तहरूमा यस्ता अराजक गतिविधिबाट प्रभावित नभइ संयमतापूर्वक आफ्नो अभियान जारी राख्न अनुरोध छ।’

शुक्रबार दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै ‘भाइमारा’ र ‘मूर्ति चोर’ भनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार