काठमाडौं : महाेत्तरीको भङ्गाहा-४ रामनगरमा किसान भरतराज बरालको बारीमा आठ फिट लामो केराको घरी फलेको छ ।
अहिले आठ फिट लम्बाइ नाघी सकेको घरीको बुङ्गोले भुइँ छोएपछि किसान बरालले खाल्डो खनेर अझै बढ्ने ठाउँ बनाइ दिएका छन् । घरीमा अहिले ६० भन्दा बढी काइँया छन् ।





