
काठमाडौं : आइतबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले घटेर १ लाख ७४ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार ५० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर २ हजार ४५ रूपैयाँ कायम भएको छ ।