मोरङमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु, ८ घर जले

२०८१ चैत्र ५, मंगलवार

विराटनगर : मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर दुई बालबालिकाकाे मृत्यु भएको छ । धनपालथान -६ काे कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी दुई बालबालिकाकाे मृत्यु भएको स्थानीयलाई उदृत गर्दै प्रहरीले बताएको छ । प्रहरीका अनुसार मृतक बालबालिकाको परिचय भने खुलेको छैन ।

आगलागीका कारण हालसम्म ८ घर जलेर नष्ट भइसकेका छन् । चर्को घाम र हावाहुरीका कारण आगलागी नियन्त्रणमा समस्या भएको मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार आगलागी नियन्त्रणकाे प्रयास भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार