कोशी प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस

२०८१ चैत्र ७, बिहीबार

काठमाडौं : सरकारले कोशी प्रदेशसभा अधिवेशन आज राति १२ बजेबाट अन्त गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको चालु छैटौँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । कोशी प्रदेश सरकारका प्रवक्ता रेवती रमण भण्डारीले प्रदेशसभाकोा चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिए । प्रदेशसभाको छैटौं तथा हिउँदे अधिवेशन माघ ७ गतदेखि सुरु भएको थियो ।

त्यस्तै बैठकले कोशी प्रदेश जनस्वास्थ्य नियमावली २०८१ समेत स्वीकृति गर्ने निर्णय गरेको छ भने समस्याग्रस्त सहकारी संस्था वा सङ्घ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार