काठमाडौँ : सिरहामा आज सडकमा गुडिरहेको महिन्द्राको स्कोर्पियो गाडीमा आगलागी भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत अन्तर्गत सिरहा मिर्चैया नजिक स्कोर्पियो गुडिरहेको अवस्थामा एक्कासी आगलागी भएको हो । बा १३ च १३२९ नम्बरको स्कोर्पियो आगलागीमा जलेर नष्ट भएको हो । समयमा दमकल न आउँदा गाडी पूर्ण रुपमा ध्वस्त भएपनि मानविय क्षति भने हुन पाएन ।





