जनता पूर्वराजाको होइन, दलहरूको पक्षमा छन् : डीपी अर्याल

२०८१ चैत्र ९, शनिबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जनता पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा नभएको बताएका छन्।

‘जनता पूर्वराजा ज्ञानेन्द्रको पक्षमा होइन, दलहरूको पक्षमा छन्। जनता दलहरू सुध्रिऊन् भन्ने चाहन्छन्,’ अर्यालले भने।उनले आफूहरू व्यवस्थाको नभई अवस्थाको राजनीति गर्न आएको बताए। ‘हामी अवस्थाको राजनीति गर्न आएका हौँ, यही गर्छौँ,’ उनले भने। राजा र राजावादीका सक्रियताविरुद्ध नबोलेको भनेर आलोचित भइरहेको सन्दर्भमा अर्यालले आफूहरूले बोल्न आवश्यक नठानेको पनि बताए।

‘यो विषयमा अहिले बोल्न आवश्यक ठानेका छैनौँ, बोल्नुपर्ने आवश्यकता भयो भने बोलौँला। तर, यी ‘सिजनल’ विषय हुन्,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार