त्रिवि क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेविसंघका जोशी निर्वाचित

२०८१ चैत्र १८, सोमबार

काठमाडौं : त्रिवि विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचन जितेको छ ।

नेविसंघका दिपकराज जोशी सभापति निर्वाचित भएका हुन् । जोशीले अनेरास्ववियुका सिद्धान्त भट्टलाई ८ मतले हराएका हुन् । जोशीले ७८९ मन ल्याउँदा भट्टले भने ७८१ मत पाए । त्यस्तै अखिल क्रान्तिकारीका प्रविन दाहलले ७२७ मत ल्याए भने स्वतन्त्र उठेका पदमा भुषालले १६६ मत प्राप्त गरे ।

त्यस्तै अर्का स्वतन्त्र उज्ज्वल खड्काले भने ७१७ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार