सांसद बोहराको निधनमा भोलि शोक बिदा

२०८१ चैत्र १९, मंगलवार

बुटवल : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका कार्यालयले बुधबार शोक बिदा दिने निर्णय गरेको छ।

मंगलबार सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खाँको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले नगरबासीसमेत रहेका सांसद दीपक बोहराको निधनप्रति दुःख व्यक्त गर्दै भोलि सिद्वाथ नगरमा शोक बिदा दिने निर्णय गरेको हो ।

बिदाका दिन नगरभित्र सबै सरकारी काम रोकेर शोक मनाउने निर्णय भएको छ । तर नगरमा सञ्चालित वार्षिक परीक्षा भने यथावत् रहने पनि सूचनामा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
3
+1
4
+1
6
+1
8

ताजा समाचार