फेरि अर्को भूकम्पको धक्का महसुस

२०८१ चैत्र २२, शुक्रबार

काठमाडौं : जाजरकोट केन्द्रबिन्दु भएको शुक्रबार साँझ लगातार दुईवटा भूकम्प गएको छ ।

पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको थियो भने दोस्रो भूकम्प तीन मिनेटपछि ८ बजेर १० मिनेटमा गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो ।

पहिलो भूकम्पको तीव्रता ५.२ म्याग्निच्युडको रहेको थियो । दोस्रो भूकम्पको तीव्रता ५.५ म्याग्निच्युड थियो । भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

ताजा समाचार