रवि गृहमन्त्री हुँदाको अवस्था सम्झन रास्वपालाई शंकर पोखरेलको सुझाव

२०८१ चैत्र २३, शनिबार

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपालाई सभापति रवि लामिछाने गृहमन्त्री हुँदाको अवस्था सम्झन सुझाव दिएका छन् ।

पोखरेलले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत रविको गिरफ्तारीलाई संकेत गर्दै प्रहरीको पूर्जी काट्ने ‘रिति र थिति’ पुरानै रहेको स्मरण गराएका हुन् । उनले लेखेका छन्– ‘प्रहरीको पूर्जी काट्ने ‘रिति र थिति’ रविजी गृहमन्त्री हुँदाको अवस्थामा के थियो भन्ने रास्वपाका नेताहरुलाई थाहा नहुने कुरै भएन । तर पनि ‘सुधार’को खोजि यस्तै बेलामा हुने त हो नि !?’

रास्वपा सभापति लामिछानेलाई बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीले हिजो साँझ उनकै निवास हेपाली हाइटबाट पक्राउ गरेको थियो । रविको पक्राउलाई लिएर रास्वपाले सभापति रविको घरको बेडरुममा पसेर प्रहरीले पुर्जी लेख्ने अनौठो अभ्यास गरेको भन्दै विधिको शासनमा उक्त कार्य क्षम्य नहुने प्रतिक्रिया दिएको थियो ।

रास्वपाको सोही प्रतिक्रियाको जवाफमा महासचिव पोखरेलको उक्त स्टाटस आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार