उपप्रमुख डंगोल बेल्जियम प्रस्थान

२०८१ चैत्र २४, आईतवार

काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल युरोपियन युनियनको निमन्त्रणामा शनिबार बेल्जियम प्रस्थान गरेकी छन्।उनले त्यहाँ सहरी विकास, विधायिकी र न्यायिक अभ्यास, स्थानीय शासनका असल अभ्यासबारे अनुभव आदानप्रदान गर्न बैठक, छलफल, भेटघाट र अवलोकन भ्रमणमा सहभागी हुनेछिन।

उपप्रमुख डंगोलले युनियनका दक्षिण एशियाली क्षेत्र हेर्ने विज्ञ र अधिकारीहरूसँग अन्तरराष्ट्रिय सहयोग, समन्वय र साझेदारीका विषयमा छलफल गर्नेछिन्।

बेल्जियममा संसद सञ्चालन र विधायिकी अभ्यासबारे संसद सदस्यहरूसँग कुराकानी र लक्जेम्बर्गमा स्थानीय न्यायिक अभ्यास, इजलास, मेलमिलाप र वैकल्पिक विवाद समाधान (एडिआर) को अवलोकन गर्ने कार्यतालिका छ। स्थानीय तहका प्रतिनिधिसँग सहरी विकास, वितरण, व्यवस्थापन र शासनका तहगत दायित्वबारे छलफल पनि हुनेछ।

यस क्रममा उनले काठमाडौं महानगरपालिकाका सम्भावना र असल अभ्यासबारे जानकारी गराउनेछिन्। रचनात्मक उद्योग, नेपाली सभ्यता, मौलिक कला, संस्कृति, सांस्कृतिक सम्पदा, लैङ्गिकमैत्री सहर निर्माण, महिला सञ्जालमार्फत विवाद समाधान र वडास्तरीय मेलमिलाप कक्षका विषय पनि समेटिनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार