चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक

२०८१ चैत्र २४, आईतवार

काठमाडौं : चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा शब्द तथा संगीत पनि दुर्गेश स्वयंको छ । गीतले जस्तो मान्छे, त्यस्तै व्यवहार हुने सत्यलाई उजागर गरेको छ । गीतमा एरेन्ज पनि दुर्गेशले नै गरेका छन् । ब्याकग्राउन्ड भोकल आरसी रिमाल र भुषण खतिवडाको छ ।

गीतको भिडियोमा चलचित्रका कलाकार विपीन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरीलगायत रहेका छन् । दुर्गेश स्वयं पनि भिडियोमा देखिएका छन् । यसैबीच, ‘कर्मा’को ट्रेलर नेपालसहति कतार, कोरिया र जापानमा पनि युट्युब ट्रेन्डिङमा परेको हो ।

चलचित्र सौरभ चौधरीले निर्देशन गरेका हुन् । विपीनलाई एक्सनमा उतारेका निर्देशक चौधरीले एक्सनको जगमा बसेर पैसा र पावरका लागि मरिहत्ते गर्ने समाजको कथा भन्ने प्रयास गरेका बताए ।

‘कर्मा’मा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
0

ताजा समाचार