चमतिमा ‘डिम्र राइडर स्केट पार्क’ को भव्य उद्घाटन

२०८१ चैत्र २५, सोमबार

काठमाडौं : काठमाडौं महानगरपालिका वडा नं  १५, चमतीमा “डिम्र राइडर स्केट पार्क” को भव्य उद्घाटन समारोह सम्पन्न भएको छ ।

यो स्केटिङ खेलको उद्घाटनलाई प्रवर्द्धन, शारीरिक,मानसिक स्वास्थ्य र सामाजिक तथा आर्थिक सम्भावनाहरूसँग जोडिएको ऐतिहासिक कदमका रूपमा समेत लिइएको छ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं १५ का वडा अध्यक्ष ईश्वरमान डंगोलले स्केट पार्कको उद्घाटन गर्दै आफ्नै वडामा स्केट पार्क सन्चालन गरेकोमा खुशी व्यक्त गरे । साथै यस खेलले बालबालिका तथा युवाहरूको मनोवल बढ्ने र साहसी हुने त्यति मात्र नभएर यस खेलले बाालबालिकाको स्वास्थ्य समेत राम्रो हुने बताउँदै यो एक खेल मात्र नभएर खेलाडीले खेल खेल्दा देखाउने एक कला पनि हो उनले बताए । त्यस्तै स्केटिङमार्फत शिक्षा, स्वास्थ्य र अर्थतर्फको सार्थक यात्रा समेत हुने भएकोले यस खेलले समग्र विकासमा योगदान पुर्‍याउने विश्वास समेत व्यक्त गरे ।

त्यस्तै  कार्यक्रमका सभापति विजय श्रेष्ठले स्केटिङको आधुनिकता, यो खेलको रूपमा रहेको महत्व र युवाहरूमाझ यसले ल्याउने ऊर्जाबारे प्रकाश पारे। उनले स्केटिङले केवल शारीरिक विकास होइन, मानसिक सन्तुलन र अनुशासनमा समेत यसले सहयोग पुर्‍याउने बताए।

डिम्र राइडर स्केट पार्क विशाल पाण्डे र विजय श्रेष्ठको संयुक्त लगानी र प्रयासबाट सन्चालन गरिएको हो। दुबैको सपना स्केटिङ जस्तो सिर्जनात्मक खेललाई नेपाली युवामाझ लोकप्रिय बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु हो। उनीहरूका अनुसार यस्तो संरचना खेल मात्र नभई शिक्षासँग समेत जोडिएको माध्यम बन्न सक्छ, जसले युवालाई जीवनका विविध पाटोहरूमा सक्षम बनाउँछ उनीहरुले बताए ।

त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि वरिष्ठ सञ्चारकर्मी श्रीराम पुडासैनीले स्केटिङले खेलले युवाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतामा बृद्दि गर्ने बताउदै सन्चालक टिमलाई सफलताको शुभकामना दिए । त्यस्तै बरिष्ठ समाजसेवी गोविन्द भुसालले बालबालिकाको स्वास्थ्य र मनोरञ्जनमा यस्तो संरचना निकै उपयोगी हुने धारणा राख्दै खेल सबैको लागी महत्वपुर्ण भएको बताए । त्यसै गरी गीता माता कलेजका प्रिन्सिपल मनोज श्रेष्ठले “शिक्षासँग खेलको समावेशीकरण” आजको आवश्यकता भएको र यो आफैमा एक महत्वपुर्ण खेल रहेको बताए । त्यस्तै केरिना कलेजका प्रिन्सिपल धर्मभक्त भुसालले काठमाडौं महानगरपालिकाको “बुक फ्री डे” जस्ता अभियानसँग यस्तो खेलगत गतिविधिले सकारात्मक प्रभाव पार्ने बताउदै आयोजकलाई शुभकामना दिए ।

त्यस्तै कार्यक्रममा राप्रपाका नेता तथा समाजसेवी डा टंक पौडेलले शहरमा खुला ठाउँको अभावबीच यस्तो स्केट पार्क बालबालिकाका लागि सुरक्षित र रचनात्मक थलो हुने बताउनु भयो । त्यस्तै सुकिता शाहीले मोबाइलको लतबाट बालबालिकालाई अलग गरेर यस्ता गतिविधितर्फ मोड्नु सकारात्मक कदम भएको बताउदै यसको महत्व रहेको बताए ।

पत्रकार तथा समाजसेवी सञ्जय श्रेष्ठले स्केट पार्कले बालबालिकामा स्वस्थता, ऊर्जा र अनुशासन विकास गर्ने विश्वास व्यक्त गरे। त्यसै गरी कार्यक्रमका संयोजक पुष्कर राज पाण्डेले स्केट पार्क स्वास्थ्य, खेल र भविष्यका सम्भावनालाई जोड्ने माध्यम भएको बताए। साथै, स्केटिङलाई ओलम्पिकसम्म पुर्‍याउने सपना बोकेर अघि बढिरहेको यस ड्रिम राईडर स्केटलाई शुभकामना दिए ।

उक्त कार्यक्रमको अन्त्यमा सभाअध्यक्षले भविष्यमा अन्य स्थानहरूमा पनि शाखा विस्तार गर्ने योजना रहेको जानकारी गराउँदै उपस्थित सबैलाई धन्यवाद दिए। उनले स्केटिङलाई “खेल मात्र नभई कलाको रूप” समेत भएको उल्लेख गर्दै यसको भविष्यप्रति आशावादी दृष्टिकोण व्यक्त गरे। साथै कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, विद्यालयका विद्यार्थीहरू, समाजसेवी, वडा प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन पत्रकार तथा समाजसेवी सावित्री बस्नेत ‘सवु’ले  गरेकि थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार