रौतहटबाट कटुवा पेस्तोल र गाँजासहित एक जना पक्राउ

२०८१ चैत्र २६, मंगलवार

रौतहट : रौतहट प्रहरीले कटुवा पेस्तोल र गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

ईशनाथ नगरपालिका-१ बन्जरहा झुलुङगे पुलबाट कटुवा पेस्तोल एक थान, गोली तीन राउण्ड र अवैध लागूऔषध गाँजा करिब ८० किलोग्रामसहित गौर नगरपालिका-४ टिकुलिया बस्ने २१ वर्षीय सावन गिरीलाई गए राति प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल र गाँजासहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार