सिरहा : जनता समाजवादी पार्टी नेपालबाट गत स्थानीय तह चुनावमा निर्वाचित धनगढीमाई नगरपालिका-७ का वडाध्यक्ष विजय महतो नेकपा एमालेमा प्रवेश गरेका छन्।
उनीसहित वडा सदस्यहरू पनि एमालेमा प्रवेश गरेका छन्। उनीहरूलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माला लगाएर स्वागत गरे। प्रधानमन्त्री ओली पार्टीको जिल्ला महाधिवेशनमा सहभागी हुन सिरहा आएका हुन्।
उनले नयाँ कार्यसमिति सर्वसम्मतिमै चयन गर्न आग्रह गरेका थिए।





