म २०७९ सालमै सांसद र मन्त्री बन्थें, जानीजानी नबनेको : मुकुल ढकाल

२०८१ चैत्र २६, मंगलवार

काठमाडौं : आज पनि मुकुल ढकालले दुईतीन वटा स्टाटस लेखे जसमा गालीको वर्षा छ ।

यी अरिङ्गालहरूलाई कुनै बेला आफूले प्रयोग गरेको र आजकाल आफूविरूद्ध प्रयोग भइरहेको ढकालको दाबी छ । ‘राजनीति गरेको छोटो समयमा नै, अरिङ्गाल प्रयोग गर्ने रणनीति लिएर पाप गरेको रहेछु, त्यही पाप यिनरको गालीले पखालिँदैछ । कर्मको फल हो, भोग्न त मैले पनि पर्छ’, उनले लेखेका छन् ।

ढकालले आफूले चाहेको भए सजिलैसँग सांसद र मन्त्री २०७९ मा नै बन्ने अर्को दाबी गरेका छन् ।

मित्र र शुभचिन्तकहरूलाई सम्बाेधन गर्दै उनले लेखेका छन्, ‘तपाईंहरुलाई थाहै छ, म सजिलैसँग सांसद र मन्त्री २०७९ सालमै बन्थेँ । जानी-जानी नबनेको हो, किनकि मैले सिक्नु छ । सांसद र मन्त्री सिकेपछि जाने पद हो, सिक्नलाई जाने होइन भन्ने मेरो मान्यता हो । उमेर मेरो सानै छ, जिन्दगीको बाँकी समय देश र जनताका लागि नै दिने हो’, उनी लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार