त्रिविमा परीक्षा भएकै दिन नतिजा सार्वजनिक

२०८२ बैशाख १, सोमबार

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले एमएस्सी सीएआईटीको परीक्षा भएकै दिन उत्तरपुस्तिका परीक्षण गरेर नतिजा सार्वजनिक गरेको छ ।

चौथो सेमेस्टरको परीक्षा आइतबार सकिए लगत्तै परीक्षण गरेर नजिता सार्वजनिक गरिएको विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन शंकरप्रसाद खनालले जनाए ।

हिजै परीक्षा सकेर हिजै नतिजा निकालेका हो । दुई बजे जाँच सकिएको र राति नै नतिजा प्रकाशन गरिएको हो  । ४७ जना विद्यार्थीले परीक्षा दिएका थिए ।  परीक्षा दिएकाहरू सबै उत्तीर्ण भएका छन् । चौथो सेमेस्टरमा एउटा पेपर थियो । सङ्ख्या पनि थोरै भएकाले एकै दिन परीक्षा, परीक्षण र नतिजा निकाल्न सम्भव भएको हो ।

समयमै नतिजा निकालेको भएर विद्यार्थीको पढाइमा ग्याप नदेखिने भएको छ । समयमै नतिजा आएकोमा विद्यार्थी समेत उत्साहित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार