पौडी खेल्ने क्रममा खोलामा डुबेर किशोरको मृत्यु

२०८२ बैशाख १, सोमबार

गुल्मी : गुल्मीमा १५ वर्षीय किशोरको खोलामा डुबेर मृत्यु भएको छ ।

धुर्कोट गाउँपालिका-६ का राजेश कुमालको स्थानीय सिस्तुङ फाँट छेउको छल्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । राजु कुमालका छोरा राजेश तीन बहिनीसँग पौडी खेल्नका लागि खोलामा गएका थिए ।

वडासदस्य शालिकराम अर्यालका अनुसार राजेश कक्षा ६ मा पढ्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार