मोटरसाइकल दुर्घटनामा बुबाको मृत्यु, छोरा घाइते

२०८२ बैशाख १, सोमबार

पाल्पा : पाल्पामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु र एक जना घाइते भएका छन् ।

जिल्लाको तानसेन नगरपालिका–६ का ४१ वर्षीय पदमबहादुर दर्लामीको आज मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो । बगनासकाली गाउँपालिका–१ रायडाँडास्थित सिद्धार्थ राजमार्ग सडकखण्डमा घोरबन्दादेखि बर्तुङ्गतर्फ आउँदै गरेको लु ६१ प ७६३६ नं को मोटरसाइकल दुर्घटना हुँदा चालक दर्लामी गम्भीर घाइते भएकामा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार उनका १८ वर्षीय छोरा मन्दिप दर्लामी घाइते भएका छन् । उनको मिसन अस्पतालमै उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार