बसबाट खसेर शिक्षकको मृत्यु

२०८२ बैशाख ७, आईतवार

काठमाडौं : विद्यालयको बसको ढोकाबाट खसेर एक शिक्षकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित चौलानी बोर्डिङ स्कुलमा कार्यरत बैतडीको दोगडाकेदार गाउँपालिका–४ कपिन्नाका २८ वर्षीय विष्णुराज भट्ट रहेका छन् । विद्यार्थी भर्ना अभियान प्रचारप्रसारका क्रममा गोकुलेश्वरबाट पन्ज्युनयाँतर्फ गइरहेका बेला महाकाली राजमार्गअन्तर्गत डिलासैनी गाउँपालिका–६ बाँगाबगरमा आज बसको ढोकाबाट खसेर उनी गम्भीर घाइते भएका थिए ।

शिक्षक भट्टको गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार